अर्थ / बाणिज्य

'जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ'

इकागज |
पुस १८, २०७९ सोमबार १५:४९ बजे

काठमाडौँ- इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।


प्राधिकरणको भाडादरका कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्म विपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आईस्पानको आरोप छ । 

पत्रकार सम्मेलनमा आईस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए ।​

उनले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६ सयदेखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उल्लंघन भएको उल्लेख गरेका छन् ।


Author

थप समाचार
x