अर्थ / बाणिज्य

नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

इकागज |
असार १३, २०८० बुधबार १३:१४ बजे

काठमाडौं –नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३बाट पुरस्कृत भएको छ ।

‘एन बैंक’को सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो ।
१० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बैंक विजेताको रूपमा छनोटमा परेको थियो ।


उक्त अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम् सोचको उपज रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

अवार्डले अझै आफ्ना ग्राहक, कर्मचारी, लगानीकर्ता र बृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैंकिङ सेवा ल्याउनेमा थप उर्जा दिएको उनले बताए ।

उक्त अवार्डले थप सृजनशील डिजिटल सेवा दिने सङ्कल्पलाई उत्साहित गरेको बैंकले जनाएको छ ।


Author

थप समाचार
x