अर्थ / बाणिज्य

सानिमा बैंकद्वारा १० लाख रूपैयाँको  दुर्घटना बीमा रकम हस्तान्तरण

इकागज |
असार २७, २०८० बुधबार १६:५६ बजे

काठमाडौँ – सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । 

बैंकका खातावाला भुमिका आलेको दुर्घटनामा मुत्यु भएकोले निजको हकवाला  क्षितिज आलेलाई १० लाख रूपैयाँको  दुर्घटना बीमा रकम भुक्तानी गरिएको हाे ।


सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । 

स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेकी थिइन् । 

सानिमा बैंकले दीर्घायु बचत तलब खाता अन्तर्गत १० लाख रूपैयाँको  दुर्घटना बीमा, तीन लाख रूपैयाँसम्मको १३ घातक रोगहरूको उपचार बीमा, १० हजार रूपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रूपैयाँको  आवधिक जीवन बीमा र पाँचहजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् । 


Author

थप समाचार
x