अर्थ / बाणिज्य

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासमा प्रतिसिलिण्डर १३० रुपैयाँ घट्यो

इकागज |
साउन १६, २०८० मंगलबार २१:१८ बजे

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको निगमले एक सूचना जारी गर्दै जनाएकाे हाे । सूचना अनुसार एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।


भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ ।


Author

थप समाचार
x