अर्थ / बाणिज्य

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

इकागज |
असोज ७, २०८० आइतबार ११:४६ बजे

काठमाडाैँ– एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ ।

सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्द एयरले लिएको छ । 


को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौँ उपत्यका भित्र रहेका बुद्ध एयरका तीन काउनटरहरू, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् ।

यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन् । 

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ । 

 


Author

थप समाचार
x