अर्थ / बाणिज्य

अल्टिमा लाइफस्टाइलकाे ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा

इकागज |
असोज १७, २०८० बुधबार १५:५३ बजे

काठमाडौँ – नेपाली ब्रान्ड – अल्टिमा लाइफस्टाइलले नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ ।

सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरू – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच भएको कम्पनीको भनाइ छ ।  
 
‘अल्टिमा वाच सर्कल’ बुधबार आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरूले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य  तिन हजार ९९९ मा खरिद गर्न सक्नेछन्  । तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य पाँच हजार ९९९ रुपैयाँ रहनेछ । 


‘अल्टिमा वाच म्याजिक प्रो’ पनि बुधबार नै आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरूले सीमित अवधिको लागि अल्टिमा वाच म्याजिक प्रो विशेष मूल्य  दुई हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसपछि बजार मूल्य  पाँच हजार ९९९ रुपैयाँ रहनेछ । 


Author

थप समाचार
x