अर्थ / बाणिज्य

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

इकागज |
बैशाख ६, २०८१ बिहीबार १५:२८ बजे

चौतारा- चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए ।


नाका सञ्चालन भएपछि व्यापार बढेको केसीले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ ।

उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।


Author

थप समाचार
x