अर्थ / बाणिज्य

इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको न्यारोबडी जहाज सोमबार काठमाडौँ ल्याइने

इकागज |
बैशाख ९, २०८१ आइतबार १५:५३ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौँ ल्याइने जानकारी दिएका छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा मन्त्री तामाङले निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएको बताएका हुन् । आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएको विषयमा निरन्तर जानकारी लिएको उनले बताए ।


सम्झौताअनुसार इजरायलको कम्पनीले ​समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए ।

मन्त्री तामाङले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए । उनले यस वर्षको सगरमाथा दिवस आगामी जेठ १६ गते प्रधानमन्त्रीको आतिथ्यमा सगरमाथाको फेदीमा मनाउने जानकारी दिए ।

सगरमाथा दिवस मनाउनका लागि आवश्यक तयारी पनि सुरु गरिसकेको उनले बताए ।


Author

थप समाचार
x