अर्थ / बाणिज्य

निर्वाणले भनेः आइपीओ निकाल्न लागेका थियौँ, ब्राण्डको बदनाम गर्ने प्रयास भयो

इकागज |
बैशाख १७, २०८१ सोमबार १२:५९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- वाइ वाइको ब्राण्डलाई बदनाम गर्न गलत प्रचार भएको निर्वाण चौधरीले बताएका छन् । उनले ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका नरहेको बताएका छन् ।

चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएको उनको भनाइ छ । ‘हामीले पटक-पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ,’ उनले भनेका छन्,’ अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपाेगान्डा किन हुन्छ ?’


गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ  रहेको चौधरीले बताएका छन् । नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानुन्,’ उनले अगाडि थपे,’  त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं ।‘

वाई वाई, नेपालको गौरव र ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेको चौधरीले दाबी गरे । वाइ वाइले आईपीओमा जाने घोषणा गरिसकेको उनको भनाइ छ ।  

यो पनि पढ्नुहोस्

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना, ७ दिनभित्र बुझाउनु पर्ने

 


Author

थप समाचार
x