अर्थ / बाणिज्य

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

इकागज |
असार १३, २०८१ बिहीबार १०:४८ बजे

फाइल फोटो

काठमाडौं - आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ । 

यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको थियो ।


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेर प्रतितोला १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x