अर्थ / बाणिज्य

मौद्रिक नीति जारी गर्ने मिति फेरि सर्‍यो

इकागज |
साउन २४, २०७८ आइतबार १२:२० बजे

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–७९ का लागि मौद्रिक नीति जारी गर्ने समय पुनः सरेको छ । केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति जारी गर्ने दिन अझै यकिन भैनसकेको बताए । 

यद्यपि गभर्नर महाप्रसाद अधिकारीले भने संघीय संसदको अर्थ समितिमा मौद्रिक नीति आइतबार (आज) तयारी रहेको बताएका थिए । यद्यपि मौद्रिक नीति जारी गर्ने कि बजेट अध्यादेश प्रतिस्थापन विधेयक पर्खने भन्नेमा नेपाल राष्ट्र बैंकमा अलमल रहँदै आएको छ । 


अर्थमन्त्री जनार्दन शर्माले शुरुमा मौद्रिक नीति ल्याउनु अघि प्रतिस्थापन विधेयक पर्खन भनेका थिए तर पछि उनले मौद्रिक नीतिका लागि केही सुझाव दिदैं मौद्रिक नीति ल्याउन अर्थ मन्त्रालयले रोकावट नगर्ने बताएका थिए । मन्त्री शर्माले आफूले मौद्रिक नीति नरोकेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न ढिलाइ हुने भएपछि बैंक तथा वित्तीय संस्थाको रिजर्भ्स बढाउने तथा लाभांश वितरण कसिलो बनाएर निर्देशन जारी गरेको थियो । 

केन्द्रीय बैंकले मौद्रिक नीति तयार गरिसकेपनि जारी गर्नुअघि सञ्चालक समितिले अनुमोदन गर्नुपर्नेमा सञ्चालक समितिको बैठकमा मौद्रिक नीति अनुमोदन गरी जारी गर्ने एजेण्डा नआएको एक सञ्चालकले बताए । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पनि मौद्रिक नीति कहिले सार्वजनिक गर्ने यकिन भैसकेको बताएका छन् । 

यो पनि पढ्नुहोस् 

- मौद्रिक नीतिमा ढिलाइ नगर

मक्किएको अर्थतन्त्रलाई ‘रेट्रोफिट’ गर्ने मौद्रिक नीति

राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार

मौद्रिक नीति आइतबार सार्वजनिक गरिदैं

अर्थमन्त्रीको प्रष्टोक्ति : मौद्रिक नीति मैले रोकेको होइन

अर्थमन्त्रीको छलछामपछिको 'सफ्टल्यान्डिङ'

मौद्रिक नीतिमा ढिलाइ हुने भएपछि राष्ट्र बैंकले जारी गर्‍यो निर्देशन

अर्थमन्त्रीले गभर्नरलाई भने, ‘बजेटमा केही संशोधन आउँछ कि !, मौद्रिक नीति त्यसपछि जारी गर्नुहोला’

मौद्रिक नीतिबारे ७ प्रश्नोत्तर


Author

थप समाचार
x