अर्थ / बाणिज्य

शुक्रबार मौद्रिक नीति जारी गर्ने तयारी

इकागज |
साउन २८, २०७८ बिहीबार १४:४१ बजे

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले अध्यादेश बजेट प्रतिस्थापन विधेयक ल्याउने भएपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न ढिलाइ गरेको थियो ।

मौद्रिक नीतिमा अर्थ मन्त्रीले दिएका सुझाव समेत समावेश गरी शुक्रबार मौद्रिक नीति जारी गर्ने तय भएको अर्थ मन्त्रालय स्रोतले पुष्टी गरेको छ ।


अर्थमन्त्री जनार्दन शर्माले शुरुमा मौद्रिक नीति ल्याउनु अघि प्रतिस्थापन विधेयक पर्खन भनेका थिए तर पछि उनले मौद्रिक नीतिका लागि केही सुझाव दिदैं मौद्रिक नीति ल्याउन अर्थ मन्त्रालयले रोकावट नगर्ने बताएका थिए । मन्त्री शर्माले आफूले मौद्रिक नीति नरोकेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न ढिलाइ हुने भएपछि बैंक तथा वित्तीय संस्थाको रिजर्भ्स बढाउने तथा लाभांश वितरण कसिलो बनाएर निर्देशन जारी गरेको थियो । 

यो पनि पढ्नुहोस् 

- मौद्रिक नीतिमा ढिलाइ नगर

मक्किएको अर्थतन्त्रलाई ‘रेट्रोफिट’ गर्ने मौद्रिक नीति

राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार

मौद्रिक नीति आइतबार सार्वजनिक गरिदैं

अर्थमन्त्रीको प्रष्टोक्ति : मौद्रिक नीति मैले रोकेको होइन

अर्थमन्त्रीको छलछामपछिको 'सफ्टल्यान्डिङ'

मौद्रिक नीतिमा ढिलाइ हुने भएपछि राष्ट्र बैंकले जारी गर्‍यो निर्देशन

अर्थमन्त्रीले गभर्नरलाई भने, ‘बजेटमा केही संशोधन आउँछ कि !, मौद्रिक नीति त्यसपछि जारी गर्नुहोला’

मौद्रिक नीतिबारे ७ प्रश्नोत्तर

- मौद्रिक नीति जारी गर्ने मिति फेरि सर्‍यो


Author

थप समाचार
x