अर्थ / बाणिज्य

आईओएस १५ मा 'बगैबग' फोटो आफैँ डिलिट हुने समस्या

इकागज |
असोज १४, २०७८ बिहीबार १६:४६ बजे

काठमाडौँ- एप्पलले भर्खरैमात्र आइफोन १३ सहित अन्य प्रडक्टहरू सार्वजनिक गर्‍यो । सार्वजनिक इभेन्टमा एप्पलको अपरेटिङ सिस्टम आईओएस १५ समेत सार्वजनिक गरेको थियो । आईओएस सार्वजनिक भएको एक हप्ता पछि अपडेट उपलब्ध भएको आईओएसमा बग भेटिन थालेको छ । अपडेट उपलब्ध भएपछि भने एप्पलको प्रयोगकर्ताले भने सास्ती पाउन थालेका छन् ।

केही प्रयोगकर्ताले एप्पल सपोर्ट कम्युनिटी फोरम्समा आफ्नो आईफोनमा भएको केही फोटोहरु आफैँ डिलिट भएको बताएका छन् । फोनमा भएका केही फोटो आफैँ डिलिट हने र रिसेन्ट्ली डिलिटमा समेत नभेटिएको बताएका छन् । फोटो आफैँ डिलिट हुन आइओएस १५ को बग भएको प्रयोगकर्ताले तर्क छ ।


कतिपय प्रयोगकर्ताले आइक्लाउडको लाइबेरीबाट समेत आफ्नो केही फोटोहरू डिलिट भएको उल्लेख गरेका छन् । आइक्लाउडमा राखेका केही फोटोहरू समेत डिलिट भएपछी एप्पल सपोर्ट फोरम्समा प्रयोगकर्ताहरूले आक्रोश पोखेका छन् ।

आइफोन फ्रीजको समस्या

क्यामरा तथा फोटोको समस्याको साथसाथै एप्पल आईओएस १५मा आइफोन फ्रीज हुने समस्या देखिएको छ । आइफोन अनलक गरेर स्वाइप गर्दा आइफोन फ्रीज हुने समस्या देखिएको हो । अपडेट पछि प्रयोगकर्ताहरू एप्पल टिभी किबोर्डको नोटिफिकेशन डिसेबल गर्नमा समस्या रहेको छ ।

सीरीमा समेत समस्या

आईओएस १५ मा अपडेट पछि एप्पलका प्रयोगकर्ताले सीरीमासमेत समस्या देखिएको छ । कल तथा म्यासेज गर्नमा समस्या भएको देखिएको बताएका छन् ।
भीपीएन इनेबल गर्न पनि समस्या भएको प्रयोगकर्ताले गुनासो गरेका छन् ।

आईफोन १३ प्रो र एप्पल वाच पनि कनेक्ट नभएको समेत प्रयोगकर्ताको गुनासो रहेको छ । प्रयोगकर्ताको गुनासो आएपछि एप्पल भने बग समाधान गर्ने तर्फ लागेको बताएको छ । गत वर्ष आइफोन सार्वजनिक ढिलो हुँदा आइफोन १२ को बिक्रीमा असर परेको भन्दै यस वर्ष एप्पलले पुरानै मितीमा आइफोन सार्वजनिक गर्ने भन्दै हतारमा ल्याउँदा बग अत्याधिक देखिएको प्रयोगकर्ताको गुनासो छ ।


Author

थप समाचार
x