अर्थ / बाणिज्य

वाइफाइ हटस्पट निरीक्षणकर्ता माग

इकागज |
कात्तिक १३, २०७८ शनिबार १६:१४ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक स्थानमा वाइफाइ हटस्पटहरु प्राधिकरणले तोकेको मापदण्ड अनुरुप चलेको छ वा छैन भनेर अनुगमनका लागि निरीक्षणकर्ता माग गरेको छ । 

दूरसञ्चार प्राधिकरणको आर्थिक सहायतामा देशका विभिन्न सार्वजनिक क्षेत्रमा सञ्चालन भइरहेका वाइफाइ हटस्पटसम्बन्धी उपनियम, २०७५ अनुसार चलेका छन् वा छैनन्, सुरक्षा जोखिमको अवस्था के कस्तो छ भन्नेबारेमा अनुगमन तथा परीक्षण गरी प्रमाणित गर्नका लागि सञ्‍चालन प्रक्रिया अर्थात् 'स्ट्यान्डर्ड अपरेशन प्रोसिड्युर' निर्माण गराउने उदेश्य रहेको प्राधिकरणले जनाएको छ ।


निरीक्षणकर्ताकाे नियुक्त्रि गुणस्तर, अनुभव र क्षमताका आधारमा हुनेछ । यस्‍तै उत्तीर्ण हुनका लागि ६० अंक आवश्यक पर्ने प्राधिकरणले जनाएकाे छ । कुनै पनि संघ संस्थाले एकल वा संयुक्त रुपमा आशयपत्र बुझाउनसक्ने र छानिएका संस्थाको काम आगामी जनवरी २ बाट सुरु हुने प्राधिकरणले जनाएको छ ।

छानिएको संस्थाले देशका विभिन्न भागमा रहेका वाइफाइ हटस्पटहरु मानक सञ्चालन प्रक्रियाअनुसार चलिरहेका छन् वा छैनन् भनेर निरीक्षण तथा अनुगमन गर्नेछ ।साथै उक्त संस्थाले उपनियमको मातहतमा रहेर कसरी प्रभावकारी निरीक्षण र अनुगमन गर्ने भन्ने विषयमा तालिम पनि प्रदान गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

छानिएको संस्थाले प्राधिकरणले तोके अनुरुप विभिन्न आईएसपीले सञ्चालन गरेका पाँच सय हटस्पटको निरीक्षण र अनुगमन गर्नेछन् । प्राधिकरणकाे सुचना हेर्न हाँ  क्लिक गर्नुहाेला ।


Author

थप समाचार
x