अर्थ / बाणिज्य

माइक्रोसफ्ट पुन: विश्वको धनी कम्पनी

इकागज |
कात्तिक १३, २०७८ शनिबार १७:२१ बजे

काठमाडौँ - एप्पललाई पछि पार्दै बिल गेट्स कम्पनी माइक्रोसफ्ट पुन: विश्वको धनी कम्पनी हुन सफल भएको छ । माइक्रोसफ्टको सेयर मूल्य बढेपछि एप्पललाई पछि पार्दै माइक्रोसफ्ट पहिलो स्थानमा आएको हो ।

आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एप्पलको बिक्री ६ अर्ब डलर मात्र रहेको र यसले माइक्रोसफ्टलाई फाइदा पुगेको हो । एप्पलको आपूर्तिमा समस्या भएको कारण एप्पलको बिक्री घटेको जनाएको छ । यसको प्रत्यक्ष असर कम्पनीको आम्दानीमा परेको कम्पनीका प्रमुख टिम कुकले बताए । अब बिदाको सिजनमा यसको असर अझ खराब हुने बताएका छन् ।


गत हप्ता एप्पलको शेयर १.८ प्रतिशतले घट्दै १ सय ४९ अमेरिकी डलरमा कायम हँदा दोस्रो स्थानमा पुगेको छ  । यसले गर्दा कम्पनीको बजार पूँजी २.४८ ट्रिलियन डलरमा सीमित भएको छ ।

उता माइक्रोसफ्टको सेयर मूल्य २.२ प्रतिशतले वृद्धि हुँदै ३३१.६२ डलर पुगेको छ । जसबाट कम्पनीको बजार पूँजी २.४९ ट्रिलियन डलर कायम भएको छ ।


Author

थप समाचार
x