अर्थ / बाणिज्य

आइफोन १३ बिक्री बढ्दा एप्पल स्मार्टफोन बिक्रीको दोस्रो स्थानमा

इकागज |
कात्तिक १४, २०७८ आइतबार १५:५० बजे

काठमाडौँ- स्मार्टफोनको लोकप्रिय ब्रान्ड एप्पल आफ्नो उत्पादनको पछिल्लो सिरिज आइफोन १३ को बिक्री अत्याधिक हुँदा विश्व बजारमा स्मार्टफोन बिक्रीमा दोस्रो स्थानमा उक्लिएको छ । तीन महिनाको आँकडा अनुसार आइफोन १३ बिक्रीको दोस्रो स्थानमा उक्लिन सफल भएको हो ।

हाल विश्व बजारमा चिप अभावका कारण समग्र स्मार्टफोन बिक्रीमा ६ प्रतिशतले गिरावट आएको छ । सूची अनुसार सामसुङ पहिलो स्थानमा रहेको छ भने एप्पल दोस्रो स्थानमा रहेको छ ।


आईफोन १३ को प्रिअर्डर तथा सुरुवाती बिक्री उल्लेख्य भएको तथा कोभिड-१९ संक्रमण पनि कम हुँदा विश्व बजारमा आइफोन १३ किन्ने मानिस बढेको क्यानालिसिले जनाएको छ ।  क्यानालिसिका अनुसार एप्पलले यो त्रैमासमा ४ करोड ९२ लाख स्मार्टफोन बिक्री गरेको र यो आँकडा वार्षिक रुपमा १४ प्रतिशतले वृद्धि भएको बुझिएको छ।

सामसङको बिक्री भने गत वर्षको भन्दा १३ प्रतिशतले घटेर ६ करोड ९४ लाखमा झर्दा २१ प्रतिशत बजार ओगट्दै सूचीको पहिलो स्थानमा तथा एप्पल भने १५ प्रतिशत हिस्सा ओगट्दै दोस्रो स्थानमा रहेका छ ।

चिनियाँ स्मार्टफोन कम्पनी साओमी ४ करोड ४० लाख थान स्मार्टफोन बिक्री गरेर १४ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थान सुरक्षित गरेको छ ।


Author

थप समाचार
x