अर्थ / बाणिज्य

झिनो अंकले घट्यो सेयर बजार

इकागज |
मंसिर १४, २०७८ मंगलबार १५:१७ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६४ अंकले घटेको छ । आज नेप्से परिसूचक २६२८.३७ अंकमा पुगेको हो । गत साताबाट घट्न सुरु गरेको सेयर बजार साताको तेस्रो कारोबारको दिन मंगलबार पनि निरन्तर घटेको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.१८ अंक अर्थात् ०.०५४ प्रतिशतले बढेको छ । आजको कारोबारमा २ सय २५ कम्पनीका सेयर ४१ हजार ५ सय ८५ पटक कारोबार भएको छ ।

आज ३ अर्ब ८९ करोड ४१ लाख ९ हजार ९ सय ९१ रूपैयाँ बराबरको कारोबार हँदा ६४ लाख ४७ हजार ४ सय ४९ सेयर कारोबार भएको छ ।


मंगलबारको कारोबारमा ८९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ८६ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । बैंकिङ, व्यापार, तथा होटेल समूह घट्दा विकास बैंक , हाइड्रो पावर लगायतको सेयर परिसूचक बढेको छ ।  

सामलिङ पावर कम्पनी,न्यादी हाइड्रो पावर तेह्रथुम पावर लगायतको सेयर आज सर्वाधिक कमाउनेमा तथा इन्फिनिटी लघुवित्त, लाइफ इन्सुरेन्स कम्पनी मितेरी विकास बैंक लगायतको सेयर गमाउनेमा परेका छन् ।


Author

थप समाचार
x