अर्थ / बाणिज्य

भन्सार विभागको पछिल्लो तथ्यांक

मोबाइल आयातमै बाहिरियो २३ अर्ब

इकागज |
पुस ११, २०७८ आइतबार १३:४ बजे

काठमाडौँ - भन्सार विभागले निकालेको पछिल्लो अवधिमा झन्डै २२ अर्बको मोबाइल सेट खरिद भएको छ। पाँच महिनाको अवधिमा २२ अर्ब ९७ करोड २४ लाख रूपैयाँ बराबरको ३० लाख ६० हजार ४ सय ३७ मोबाइल सेट आयात भएको हो । 

मंसिरमा मात्रै दुई अर्ब ६१ करोड ३८ लाख ५४ हजार रुपैयाँ बराबरको चार लाख ५८ हजार ६५७ थान मोबाइल आयात भएको हो । मोबाइल सेट आयात मार्फत मंसिरमा ४१ करोड ३७ लाख ७० हजार रुपैयाँ सरकारले भन्सार संकलन गरेको छ।


कात्तिकमा तीन अर्ब १८ लाख १४ लाख ३५ हजार रुपैयाँ बराबरको तीन लाख ९२ हजार ६०४ थान मोबाइल आयात भएको थियो। कात्तिकमा सरकारले ५० करोड ३६ लाख ३३ हजार रुपैयाँ भंसार संकलन गरेको थियो।

त्यस्तै ४ करोडभन्दा बढिको मोबाइलमा प्रयोग हुने चार्जर भित्रिएका छन् । ४ करोड ७१ लाख मूल्य बराबरको ६ लाख ६३ हजार चार्जर गत पाँच महिनाको अवधिमा भित्रिएका हुन् ।

राउटर

विगत ५ महिनाको अवधिमा झन्डै २ अर्ब बराबरको राउटर आयात भएको तथ्यांकले देखाएको छ । साउनदेखि यता विभागले निकालेको रिपोर्ट अनुसार करिब १ अर्ब ८० करोड बराबरको राउटर आयात भएको हो । 

स्मार्टवाच आयात बढ्दो

पछिल्ला दिनमा स्मार्ट डिभाइस प्रयोग गर्नमा हरेक उमेर र वर्गका मानिसहरु आकर्षिक हुन थालेपछि स्मार्टफोनपछि स्मार्टवाच तथा स्मार्टब्याण्ड सबैको रोजाइमा पर्दै आएका छन्।

आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा २८ करोड १९ लाख २४ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्।

गत वर्षभरि नेपालमा २४ करोड १ लाख २ हजार रुपैयाँ बराबरको १ लाख ३८ हजार ६ सय ५५ थान स्मार्टवाच भित्रिएकामा यस वर्षको सुरुवाती पाँच महिनामा भने २८ करोड १९ लाख २४ हजार बराबरको २ लाख १४ हजार ४२६ थान स्मार्टवाच आयात भएको तथ्याकं छ। यसैगरि नेपालमा आयात भएका अधिकांश स्मार्टवाच चीन तथा भारतबाट आयात भएको देखिएको छ ।


Author

थप समाचार
x