अर्थ / बाणिज्य

नेपाल लाइफको सेयरमा लगानीकर्ताको घुइचो

डेढ अर्ब रुपैयाँको सेयर किनबेच, लाभांश सुरक्षित गर्न खरिदमा चाप

इकागज |
माघ १३, २०७७ मंगलबार १६:२० बजे

काठमाडौं :  लाभांश सुरक्षित गर्ने अन्तिम दिन नेपाल लाइफ इन्‍स्‍योरेन्‍सको उच्‍च कारोबार भएको छ । मंगलबार १ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कम्‍पनीले ५१ प्रतिशत लाभांश घोषणा गरेको थियो । इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ। सोही कारण मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ २८ गते साधारण सभा डाकेको छ। यसका साथै, सो सभाले स्टक स्प्लीटको प्रस्ताव पनि पारित गर्नेछ ।



Author

थप समाचार
x