फुटबल

मकवानपुर गोल्डकप : आर्मी सेमिफाइनलमा प्रवेश

सरिता दाहाल |
जेठ २३, २०७९ सोमबार २१:१ बजे

मकवानपुर - हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज साेमबारकाे खेलमा त्रिभुवन आर्मी क्लब काठमाडाैं सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता विभागीय टोली आर्मी क्लबले अर्काे विभागीय क्लब शसस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकाे हाे ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएकाे प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले एफिएफलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको पहिलो हाफमा डिबक्सभित्र एपिएफका कप्तान टोपबहादुर विष्टको हातमा बलले लागेपछि आर्मीले पेनाल्टी पाएको थियो । तर आर्मीले पेनाल्टी सदुयोग गर्न सकेनन् ।


आर्मीका बिवेक बस्नेतले प्रहार गरेको पेनाल्टी एपिएफका गोलरक्षक राजु नगरकोटीले रोकेका थिए । त्यस्तै दोस्रो हाफकोको ६७ औँ मिनेटमा एपिएफका खेलाडीले डिबक्सभित्र फाउल गरेपछि आर्मीले दोस्रो पटक पेनाल्टी भएको थियो । दोस्रो पटक पाएको पेनाल्टीलाई आर्मीका दिनेश हेम्जनले १–० को अग्रता दिलाए ।

खेलको थप समयको अन्तिम मिनेटमा एपिएफका युवराज खड्काले गोल गर्दै टोली खेलमा फर्काएका थिए । त्यसपछि खेल ट्राईब्रेकरको निर्णय ट्राईब्रेकरको साहारा लिनु परेको थियो । ट्राईब्रेकरमा आर्मीलाई जित दिलाउन गोलरक्षक विकेश कुथु नायक बने ।

उनले ४–४ गोलको स्थितिमा उनले एपिएफका मणिकुमार लामाको प्रहार रोक्न सफल भएका थिए । आर्मीका दिपक गुरुङ, सिमान्त थापा मगर, सन्तोष के.सी., कमल बहादुर थापा र दिनेश हेम्जनले गोल गरेका थिए । उता एपिएफका नविन लामा, सुदिप शिखरकार, सनिश श्रेष्ठ र नविन थिङ्गले मात्रै गोल गरेका थिए ।

ट्राईब्रेकरमा टोलीलाई जित दिलाउन महत्वपुर्ण पेनाल्टी बचाउँ गरेका आर्मीका विकेश कुथु म्यानअफ द म्यच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे । आर्मीले फाइनल प्रवेशको लागि चर्च ब्वाइज क्लब र एभेनिर एफसी, क्यामरुन बीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल भोली मंगलबार नेपाल पुलिस क्लब र स्टार खेलाडीले भरिएको मनाङ मर्स्याङ्दी क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे ३ बजे सुरु हुने छ ।

प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।


Author

थप समाचार
x