फुटबल

कतार विश्वकप : समर्थक र प्रहरीबीच झडप

इकागज |
मंसिर २५, २०७९ आइतबार १४:४० बजे

तस्बिरः रोयटर्स

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलमा जित हात पारेपछि खुशी मनाइरहेका समर्थक तथा प्रहरीबीच फ्रान्सको पेरिसमा झडप भएको छ ।

शनिबार राति मोरक्कोले पोर्चुगल तथा फ्रान्सले इंग्ल्यान्डलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । सोही जितको खुशियाली मनाउन समर्थकहरु पेरिसको चाम्स इलियसीमा भेला भएका थिए ।


प्रहरी परिचालन गरिएको चाम्समा मोरक्कोले पोर्चुगललाई पराजित गरेपछि हजारौं समर्थक भेला भएको रोयटर्सले जनाएको छ । त्यसपछि फ्रान्सले इंग्ल्यान्डलाई हराएपछि थप समर्थक आए ।

तर फुटबल समर्थकहरु तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रहरी र फुटबल समर्थकबीच झडप भएको समेत रोयटर्सले जनाएको छ ।


Author

थप समाचार
x