फुटबल

अध्यक्षको बर्खास्तीको विषयसहित प्रहरी घेरा भित्र एन्फाको विशेष साधारणसभा

इकागज |
कात्तिक २३, २०८० बिहीबार १०:५१ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा प्रहरीको कडा सुरक्षा घेरा भित्र हेटौँडामा हुँदैछ ।

विशेष साधारणसभाको मुख्य एजेन्डा भने एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध यसअघि दर्ता गरिएको अविश्वासको प्रस्ताव रहनेछ ।


तर साधारणसभा हुने हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेस बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

गत भदौमा २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

एन्फाको नेतृत्वमा रहेका कुल १०५ सदस्य मध्ये साधारणसभामा ८६ सदस्यले मात्रै अविश्वासको प्रस्ताव पेश भएपछि मताधिकार प्रयोग गर्न पाउने छन् ।


Author

थप समाचार
x