फुटबल

च्याम्पियन्स लिगः रियल मड्रिड र बायर्न म्युनिखबीचको खेल आज राति

इकागज |
बैशाख २६, २०८१ बुधबार १७:१ बजे

काठमाडौँ- यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बार्यन म्युनिखबीचको खेल आज राति हुँदैछ ।

च्याम्पियन्स लिगअन्तर्गतको रियल मड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनलको दोस्रो लेग रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


यसअघि पहिलो लेगमा भने दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए । आज रातिको खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

फाइनल प्रवेश गर्ने टोलीले उपाधिका लागि जर्मन क्लब बोरुसिया डर्टमन्डको सामना गर्नेछ । बोरुसिया डर्टमन्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।


Author

थप समाचार
x