फुटबल

च्याम्पियन्स लिग : नापोलीको पोस्टमा रियल म्याड्रिडको चार गोल

इकागज |
मंसिर १४, २०८० बिहीबार ९:१४ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नापोलीलाई पराजित गरेको छ । गएराति सम्पन्न समुह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले नापोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा रोड्रिगो, जुडे बेलिङघम, निको पाज र जोसेलुले एक एक गोल गरेका थिए । त्यसैगरी नापोलीका लागि गिओभानी सिमोओने र आन्द्रे फ्र्यांक जाम्बोले एक-एक गोल गरेका थिए ।


यसै समुहका ब्रागा र युनियन बर्लिनले गएराति नै सम्पन्न खेलमा १-१ गोलको बराबरी खेलेका थिए ।

यो जितपछि रियल म्याड्रिडले ५ खेलमा सबै जितसहित १५ अंक हासिल गरेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नापोलीको ५ खेलमा ७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै ब्रागाको ५ खेलमा ४ अंक छ भने युनियन बर्लिनको ५ खेलमा २ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा अर्को साता रियल म्याड्रिडले युनियन बर्लिनको सामना गर्ने छ भने नापोलीले ब्रागाको सामना गर्ने भएको छ । 
 


Author

थप समाचार
x