फुटबल

अन्तिम मिनेटमा मोसेसले गोल गर्दा पोखरा एनएसएलको शीर्ष स्थानमा रहने पक्का

इकागज |
पुस ६, २०८० शुक्रबार १६:० बजे

काठमाडौँ- पोखरा थन्डर्स एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा रहेर प्लेअफ खेल्ने पक्का भएको छ ।

शुक्रबार लिग चरणको अन्तिम खेलमा धनगढी एफसीसँग १-१ गोलको बराबरी खेलेसँगै पोखरा शीर्ष स्थानमा रहने पक्का भएको हो ।


पोखराले ८ खेलबाट १५ अंक जोडेको छ ।  यता ८ खेलबाट १३ अंक जोडेको धनगढीले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबार मिलन राईले ४२ औँ मिनेटमा गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर मोसेस ट्वुमले ९० औँ मिनेटमा गोल गर्दै पोखरालाई महत्वपूर्ण एक अंक दिलाए ।


Author

थप समाचार
x