फुटबल

म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि

इकागज |
पुस ७, २०८० शनिबार ७:५३ बजे

काठमाडौँ- म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।


म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए । त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए ।

फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन् । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी पाँच पटक जितेको छ भने बार्सिलोनाले तीन पटक जितेको छ । 


Author

थप समाचार
x