फुटबल

लुइस सुआरेजले पुनः मेस्सीसँगै खेल्ने

इकागज |
पुस ७, २०८० शनिबार १०:३७ बजे

काठमाडौँ- उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले पुनः अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीसँगै खेल्ने भएका छन् ।

सुआरेजले सन् २०२४ को सिजनमा खेल्नका लागि अमेरिकी फुटबल क्लब इन्टर मियामीसँग सम्झौता गरेसँगै उनले मेस्सीसँगै पुनः खेल्ने भएका हुन् । मेस्सीले अहिले इन्टर मियामीबाट खेल्दै आएका छन् ।


३६ वर्षीय सुआरेजले भने ब्राजिलको ग्रेमियो छाडेर अमेरिकी क्लबसँग सम्झौता गरेका हुन् ।

यसअघि सुआरेजले सन् २०१५ देखि २०१९ सम्म स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सीसँगै खेलेका थिए । सुआरेज र मेस्सीले २०१५ देखि २०१९ सम्ममा बार्सिलोनालाई चारपटक ला लिगाको उपाधि दिलाएका थिए ।


Author

थप समाचार
x