फुटबल

एनएसएल : ललितपुरलाई हराउँदै काठमाडौँ प्लेअफमा

इकागज |
पुस ७, २०८० शनिबार २०:१७ बजे

काठमाडौँ - काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा स्थान बनाएको छ ।

शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा काठमाडौँले ललितपुर सिटी एफसीलाई १-० ले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो ।


काठमाडौँले १२ अंक जोडेर तेस्रो स्थान पक्का गरेको हो । यता पराजित भएको ललितपुर १० अंक जोड्दै चौथो स्थानमा रहेर प्लेअफमा पुग्यो । 

पोखरा थन्डर्स १५ अंक सहित शीर्ष स्थान तथा १३ अंक जोडेर धनगढी एफसी दोस्रो स्थानमा रहेर प्लेअफमा पुगे ।

शनिबार काठमाडौँलाई जित दिलाउन एन्ड्रेस नियाले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
 


Author

थप समाचार
x