फुटबल

क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई आर्थिक सहयोग

इकागज |
पुस ८, २०८० आइतबार १६:२९ बजे

काठमाडौँ- ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ ।

अमेरिकाको सांग्रिला क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हो । सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।


मधेश प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा जिल्लाको ग्रासरुट फुटबल प्रशिक्षकमा कार्यरत अर्यालले नेपाली यू–१९ र यू–२३ राष्ट्रिय टिमसमेत हेरिसकेका छन् । नेपाली फुटबलका चर्चित अनुहारहरू चेतन घिमिरे, निराजन श्रेष्ठ, दीनेश हेन्जन र बृजेश सिंह अर्यालकै उत्पादन हुन् ।

प्रशिक्षक अर्यालले सांग्रिलाले गरेको सहयोगप्रति धन्यवाद दिँदै क्यान्सरलाई जितेर चाँडो मैदान फर्किने चाहना रहेको बताए ।

अर्याललाई यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय फुटबल प्रशिक्षक संघले पनि आर्थिक सहयोग गरेको थियो ।


Author

थप समाचार
x