फुटबल

एनएसएल : पोखरालाई हराउँदै धनगढी फाइनलमा

इकागज |
पुस ९, २०८० सोमबार २०:३३ बजे

काठमाडौँ- धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को  फाइनलमा स्थान बनाएको छ ।

सोमबार साँझ दशरथ रंगशालामा भएको पहिलो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको हो ।


यसअघि निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा दुवै टोलीले २-२ को बराबरी खेले । आयुष घलानले खेलको ५ औँ मिनेटमा गोल गर्दै पोखरालाई अग्रता दिलाए । तर, देवेन्द्र तामाङले ५३ औँ मिनेटमा धनगढीका लागि बराबरी गोल फर्काए ।

त्यसपछि पोखराका स्टेफेनले १०३ औँ मिनेटमा गोल गरे पनि धनगढीका हिजाजीले १२० औँ मिनेटमा बराबरीगोल गरे ।

पोखराले भने अब दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा पुग्न भने काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबीच मंगलबार एलिमिनेटर खेल हुनेछ ।


Author

थप समाचार
x