फुटबल

एनएसएल : काठमाडौँलाई हराउँदै ललितपुर क्वालिफायरमा

इकागज |
पुस १०, २०८० मंगलबार १९:३२ बजे

काठमाडौँ- ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको एलिमिनेटर खेलमा काठमाडौँ रेजर्सलाई ३-० गोलअन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।


ललितपुरको जितमा इमोह इजेकिलले ३६ औँ तथा ५२ औँ मिनेटमा दुई र पापा इबो केबेले ४४ औँ मिनेटमा एक गोल गरे ।

ललितपुरले फाइनलमा पुग्न अब पोखरा थन्डर्सविरुद्ध खेल्नेछ ।

यसअघि सोमबार भएको पहिलो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो ।


Author

थप समाचार
x