फुटबल

अल्मेरियाको पोस्टमा रियलको तीन गोल

इकागज |
माघ ८, २०८० सोमबार ८:३ बजे

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियामाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।  

गएराति भएको खेलमा रियलले अल्मेरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । 


यस अघि रियल २-० ले पछि परेको अवस्थामा खेलमा कम ब्याक गरेको थियो । रियलका लागि जुडे बेलिङघम र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । 

त्यस्तै अल्मेरियाले खेलको पहिलो हाफमा २ गोल गरेर रियल म्याड्रिडमाथि दबाब बनाएको थियो । अल्मेरियाका लागि लार्गी रमाजानी र् एडगर गोन्जालेजले एक एक गोल गरेका थिए । 

यो जितपछि रियल म्याड्रिडको २० खेलमा ५१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको गिरोना ५२ अंकसहित शीर्ष स्थानमा रहेको छ । 

त्यसैगरी अल्मेरिया भने २१ खेलमा केवल ६ अंकसहित अंक तालिकामा पुछारमा रहेको छ ।   


Author

थप समाचार
x