फुटबल

अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को-को पुगे ?

इकागज |
माघ ११, २०८० बिहीबार ८:२५ बजे

काठमाडौँ- जारी अफ्रिकन कप अफ नेसन्स (एफकोन) को राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराति समुह चरणका खेलहरू सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।

जसमा समुह ए बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समुह बी बाट केप भर्डे र इजिप्ट, समुह सी बाट सेनेगल र क्यामरुन, समुह डी बाट एंगोला र बुर्किना फासो, समुह ई बाट माली र दक्षिण अफ्रिका, समुह एफबाट मोरक्को र डिआर कंगो राउण्ड १६ मा पुगेका छन् ।


त्यसैगरी सबै समुहका तेस्रो स्थानमामा रहेका टिमहरुबाट शीर्ष चारमा रहेका टिमहरू समुह ए को आइभरी कोष्ट, समुह सी को गिनी, समुह डी को मारुतानिया र समुह ई को नामिबिया पनि नकआउट चरणमा प्रवेश गरेका छन् ।

अब राउण्ड १६ मा नाइजेरियाले क्यामरुनको सामना गर्ने छ भने एंगोलाले नामिबियाको सामना गर्ने भएको छ ।

त्यसैगरी केप भर्डेले मारुतानियाको सामना गर्ने छ भने मोरक्कोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । त्यस्तै मालीले बुर्किना फासोको सामना गर्ने छ भने सेनेगलले आइभरी कोष्टको सामना गर्ने छ । त्यसैगरी इजिप्टले डिआर कंगोको सामना गर्ने छ भने इक्वेटोरियल गिनीले गिनीको सामना गर्नेछ ।

राउण्ड १६ का खेलहरू जनवरी २७, २८, २९ र ३० मा हुने छन् ।   


Author

थप समाचार
x