फुटबल

जापान एसियन कपको क्वाटरफाइनलमा

इकागज |
माघ १७, २०८० बुधबार २१:२९ बजे

काठमाडौँ - जापान एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । 

बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।


जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै बहराइनका लागि जिओन सुजुकीले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै जापान क्वाटरफाइनलमा पुगेको छ र अब इरान र सिरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै यो हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ ।   


Author

थप समाचार
x