फुटबल

ओसासुनाको पोस्टमा बार्सिलोनाको एक गोल

इकागज |
माघ १८, २०८० बिहीबार ७:३ बजे

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओससुनालाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा भिटोर रकीले खेलको ६३औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।


यो जितपछि बार्सिलोनाको २२ खेलमा ४७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ओसासुनाको २२ खेलमा ३६ अंक रहेको छ र लिगमा १२औँ स्थानमा छ।


Author

थप समाचार
x