फुटबल

इरान एशियन कपको क्वार्टरफाइनलमा

इकागज |
माघ १८, २०८० बिहीबार ७:५८ बजे

काठमाडौँ- इरान जारी एशियन कपको क्वार्टरफाइनलमा पुगेको छ । गएराति भएको राउण्ड १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी गरेपछि यो खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा थप कुनै गोल नभएपछि खेल बराबरी भयो र खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टी सुटआउटमा इरानले ५-३ ले खेल जितेको थियो ।


खेलको ९१औँ मिनेटमा इरानका मेहदी तारेमीले रातो कार्ड पाएका थिए।

अब जितपछि क्वार्टरफाइनलमा इरानले जापानको सामना गर्ने छ । त्यस्तै यो हारपछि सिरिया प्रतियोगिताबाट बाहिरिएको छ।


Author

थप समाचार
x