फुटबल

वोल्भ्समाथि म्यानचेस्टर युनाइटेड ४-३ ले विजयी

इकागज |
माघ १९, २०८० शुक्रबार ७:४० बजे

काठमाडौँ- इङ्‌लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।


म्यानचेस्टर युनाइटेडका लागि खेलको ९७औँ मिनेटमा कोबी मैनूले निर्णायक गोल गर्दै खेल जिताएका थिए । यस अघि म्यानचेस्टर युनाइटेडका लागि मार्कस राशफोर्ड, रास्मस होजलण्ड र स्कट म्याकटमिनीले एक-एक गोल गरेका थिए ।

त्यसैगरी वोल्भ्सका लागि पाब्लो सरबिया, म्याक्स किलम्यान र पेड्रो नेटोले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ३५ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ । त्यसैगरी वोल्भ्सको २२ खेलमा २९ अंक रहेको छ र लिगमा ११औँ स्थानमा रहेको छ ।


Author

थप समाचार
x