फुटबल

एएफसी एसियन कप : दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा

इकागज |
माघ २०, २०८० शनिबार १०:१० बजे

काठमाडौँ- दक्षिण कोरिया र जोर्डनले एएफसी एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

कतारमा शुक्रबार राति सम्पन्न क्वार्टरफाइनलमा दक्षिण कोरियाले अस्ट्रेलिया तथा जोर्डनले ताजकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।


दक्षिण कोरियाले अस्ट्रेलियालाई २-१ गोलअन्तरले पराजित गर्‍यो । दक्षिण कोरियाको जितमा ह्वाङ हि-चान र सन हेयुङ-मिनले एक-एक गोल गरे । अस्ट्रेलियाका लागि क्रेग गुडविनले एक गोल गरे ।  

गुडविनले ४२ औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाए पनि दोस्रो हाफको इन्जुरी समयमा हि-चानले दक्षिण कोरियाका लागि बराबरी गोल गरे ।

त्यसपछि थप गरिएको ३० मिनेटको १४ औँ मिनेट (१०४ मिनेट) मा सनले गोल गर्दै दक्षिण कोरियाको जित सुनिश्चत गरे ।

अर्को खेलमा ताजकिस्तानका भाहदत हानोनोभले गरेको आत्मघाती गोलको मदतमा जोर्डनले ताजकिस्तानलाई १-० ले हराउँदै अन्तिम ४ मा प्रवेश गर्‍यो ।


Author

थप समाचार
x