फुटबल

कतार एशियन कपको सेमिफाइनलमा

इकागज |
माघ २१, २०८० आइतबार ७:४८ बजे

काठमाडौँ- आयोजक कतार एशियन कपको सेमिफाइनलमा पुगेको छ।

गएराति सम्पन्न क्वार्टरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो ।


यसअघि ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ ।

योसँगै अब एशियन कपको सेमिफाइनलको समीकरण पूरा भएको छ। सेमिफाइनलमा कतारसहित इरान, जोर्डन र दक्षिण कोरिया पुगेका छन् ।

अब जोर्डनले दक्षिण कोरियासँग फेब्रुअरी ६ मा खेल्ने छ भने कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ।


Author

थप समाचार
x