फुटबल

साफ यू-१९: भुटानमाथि नेपालको संघर्षपूर्ण जित

इकागज |
माघ २१, २०८० आइतबार १६:५९ बजे

काठमाडौँ- बंगलादेशमा जारी साफ यू-१९ महिला फुटबल च्याम्पियनसीपमा नेपालले भुटानमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

आइतबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले ५४ औँ मिनेटमा गरेको गोलसँगै नेपालले भुटानलाई पराजित गर्‍यो ।


यसअघि पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग ३-१ गोलअन्तरको पराजय भोगेको थियो । भुटानले भने भारतसँग १०-० गोलअन्तरको पराजय भोगेको थियो ।


Author

थप समाचार
x