फुटबल

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापान विजेता घोषित

इकागज |
चैत १८, २०८० आइतबार ९:४४ बजे

काठमाडौँ - विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ ।

उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा स्थगित गरेको थियो ।


तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन ।

खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३-० ले विजेता घोषित गरेको छ ।

एसिया विश्वकप छनौटको समूह बी मा रहेको जापान ९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने यस समूहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यानमार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेका छन् ।
 
  


Author

थप समाचार
x