फुटबल

सिटीका स्ट्राइकर हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना

इकागज |
बैशाख ८, २०८१ शनिबार १०:५४ बजे

काठमाडौँ- म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल गुमाउने सम्भावना रहेको छ ।

हालान्डले एफए कपअन्तर्गत चेल्सीविरुद्ध शनिबार राति हुने खेल गुमाउने सम्भावना रहेको बीबीसीले जनाएको छ ।


गत बुधबार च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलमा सिटीले रियल मड्रिडसँग पराजय भोग्दा खेलको अन्तिम समयमा हालान्ड मैदान बाहिरिएका थिए ।

२३ वर्षीय नर्वेजियन स्ट्राइकर हालान्डमा स्वास्थ्य समस्या देखिएका कारण उनले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना रहेको सिटीका प्रशिक्षक पेप गुआर्डियोलाले बताएका छन् ।

तर अन्तिम समयसम्म उनको अवस्था हेरेर निर्णय लिइने गुआर्डियोलाले जनाएका छन् ।


Author

थप समाचार
x