फुटबल

पेरिस पुगे मेस्सी

इकागज |
साउन २६, २०७८ मंगलबार २०:२४ बजे

काठमाडौँ - फ्रेन्च क्लब पीएसजीसँग सम्झौताका लागि लियोनल मेस्सी पेरिस पुगेका छन् । बार्सिलोनासँग सम्झौता हुन नसकेपछि मेस्सी क्याटलान क्लबबाट बिदा भएर मंगलबार पेरिस पुगेका हुन् ।

पेरिसमा मेडिकल जाँच भएपछि उनले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । एक सिजनमा ४१ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सीले पीएसजीसँग दुई वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमको दाबी छ ।



Author

थप समाचार
x