सरकार

युवा पुस्तामा लागुऔषध दुर्व्यसनी बढ्योः गृहमन्त्री

इकागज |
असार १२, २०७९ आइतबार १०:५६ बजे

फाइल तस्बिर

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रूपमा देखिएको बताएका छन् । आइतबार काठमाडौँमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसरारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् । 

उनले लागुपदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाणले लागुऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । 


उनले युवा पुस्तालाई  दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताए । गृहमन्त्री खाणले लागुऔषध  दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए। 

उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र  दुर्व्यसनीमा फसेका युवाहरूलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताए । 

‘लागुपदार्थ चुनौतीको रूपमा अघि बढेको छ । लागुपदार्थको  दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ,' उनले भने, 'आज सबैभन्दा बढी प्रभाग युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई  दुर्व्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो । सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ ।’


Author

थप समाचार
x