सरकार

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल

इकागज |
माघ ९, २०७९ सोमबार १३:४६ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको गजुरेलले जानकारी दिए । उनी नेकपा माओवादी केन्द्रका उपमहासचिव ​हुन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन्। अब प्रधानमन्त्रीको कूटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी छ।



Author

थप समाचार
x