सरकार

शहीदको सम्मानका लागि देश विकासको संकल्प गरौँः प्रधानमन्त्री

इकागज |
माघ १६, २०७९ सोमबार १०:४७ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् । सोमबार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शहीदहरूले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । 

उनले  देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरू अमर र अजर रहने बताए । राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरू प्रेरणाको श्रोत भएको उनको भनाइ छ । उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभइ  शहीदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए ।  


आजको दिन शहीदहरूको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने उनको भनाइ छ ।  

प्रधानमन्त्री दाहालले आज माघ १६ गते शहीद दिवसको अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरूको शालिकमा माल्यार्पणसमेत गरे । 
 


Author

थप समाचार
x