सरकार

प्रचण्ड विरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासमा

इकागज |
फागुन २५, २०७९ बिहीबार १०:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको छ ।

उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाइ केही दिनअघि मात्र मुद्दा दायर भएको थियो ।


प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित थारू माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले १० वर्षे युद्धकालमा भएको ५ हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए ।

पीडितले सोही अभिव्यक्तिलाई आधार बनाएर मुद्दा दायर गरेका थिए ।


Author

थप समाचार
x