सरकार

सरकारको प्रवक्ताको जिम्मेवारी शर्मालाई

इकागज |
फागुन २४, २०८० बिहीबार ११:३७ बजे

फाइल फोटो

काठमाडौं - सरकारले कमिसन अन द स्ट्याटस अफ वुमनको सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकले संयुक्त राष्ट्रसंघको उक्त सम्मेलनको ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको हो ।


 त्यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ । उनी यसअघि पनि सरकारको प्रवक्ताका रुपमा थिइन् । बैठकपछि सरकारका प्रवक्ता शर्माले मन्त्रिपरिषदले पूर्णता पाएपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन् । 

गत सोमबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए भने बिहीबार मन्त्रिमण्डल विस्तार गरेका थिए । 


Author

थप समाचार
x