सरकार

कांग्रेसले व्यक्तिगत रूपमा माया गर्‍यो तर देश निर्माणको काममा असहयोग : प्रधानमन्त्री प्रचण्ड

इकागज |
फागुन २४, २०८० बिहीबार १३:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन सत्ता साझेदारी दल नेपाली कांग्रेसले आफूलाई व्यक्तिको रूपमा मात्रै माया गरेको बताएका छन् । बिहीबार संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसको साथ छाड्नुको कारणहरू बताउँदा यस्तो बताएका हुन्  ।

उनले आफूलाई कांग्रेसले व्यक्तिको रूपमा मात्रै माया गरेको र देश विकास गर्न खोज्दा असहयोग गरेको संकेतको रूपमा बताएका छन् । 'मलाई साथीहरूले व्यक्तिका रूपमा त माया गर्नु भयो तर परिवर्तन, सुशासन र सम्वृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीको रूपमा जति न्याय गर्नुपर्थ्यो गर्नु भएन' प्रधानमन्त्री प्रचण्डले भने ।


'म सरकारको गतिसँग पटक-पटक असन्तुष्ट भएको भनिरहेको थिएँ । मसँग दुई विकल्प थिए ‌औसत-औसत, एभरेज । र तर्दथ सरकार चलाएर पद जोगाउने कि र पदको जोखिम उठाएरै भएपनि राजनीतिक प्रतिबद्धाअनुसार राष्ट्र निर्माणमा लाग्ने ? प्रधानमन्त्री प्रचण्डले भने 'कति जोखिम छ र थियो त्यो केहि दिनको घटनाक्रमले देखिरहेको छ । अब यो कति प्रमाणित हुन्छ विश्वासको मत लिएपछि थाहा हुन्छ ।'

उनले कांग्रेससँग केहि आशंका पैदा भएपछि साथ छाडेको बताएका छन् । 'मसँग २ वटा विकल्प थिए । पद ओगटेर बस्ने कि देश विकासमा लाग्ने' प्रधानमन्त्री प्रचण्डले भने 'म पद मात्रै ओगटेर बस्नु भन्दा पनि देश निर्माणतिर लागें ।'


Author

थप समाचार
x