सरकार

गृहमन्त्री रविले भने : चेक लिस्टसहित आएका छौं, 'कम्प्रोमाइज' हुन्‍न

इकागज |
फागुन २५, २०८० शुक्रबार १६:१९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो काम हेर्न केही दिन धैर्य गर्न आग्रह गरेका छन् । मन्त्री भएको पर्सिपल्ट शुक्रबार पहिलोपटक सामाजिक सञ्जालमा उनले आफू केही समय आन्तरिक तयारीमा रहेको जानकारी गराएका हुन् ।

शिवरात्रि, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै उनले आफू योजनासहित पदमा फर्केको दाबी गरेका छन्। 'चेक लिस्ट' सहित आएका  छौँ। 'कम्प्रोमाइज' हुन्न। केही समय “होम वर्क“ मा रहनेछौँ।’ गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन् । 


यसअघि पुस १० गते भएको सत्ता समीकरणमा हालकै पदमा ४२ दिन रहँदा लामिछानेले गृह मन्त्रालयबाट डेलिभरी दिनेगरी काम सुरु गरेको दाबी गरेका थिए। गृहमन्त्रीको पदभार ग्रहण गर्ने क्रममा अस्ति उनले आफू थप निखारिएर पदमा पुर्नवहाली भएको बताएका थिए ।

 


Author

थप समाचार
x